मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कार र अटो एकापसमा जुध्दा इलाममा ९ जना घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

इलामको सूर्योदय नगरपालिकामा कार र अटो एकापसमा जुध्दा ९ जना घाइते भएका छन् ।गएराति ८ बजे इलाम सूर्योदय नगरपालिका वडा नं.१० फिक्कल बजारनजिकै मेची राजमार्गमा फिक्कलबाट कन्यामतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ८२६२ नं.को अटो र बिपरीत दिशाबाट जाँदै गरेको डब्लुबी ७४एएच ०६६२ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । अटोमा चालकसहित ७ जना सवार रहेकोमा सातैजना घाइते भएका छन् भने कारमा चालकसहित ६ जना सवारमध्ये २ जना घाइते भएका छन् । कारमा सवार अन्य ४ जना सकुशल रहेका छन् । घाइते हुनेहरु निम्न छन् ।

अटोमा सवार निम्न घाइतेहरु;–
१.अटो चालक जिल्ला सूर्योदय न.पा.वडा नं.४ गोगने बस्ने बर्ष अं.२६ का चन्द्रा लिम्बूको नाक,हातखुट्टामा चोट,अवस्था मध्यम बोल्न सक्ने ।
२. पाँचथर फिदिम न.पा.वडा नं.१० बस्ने बर्ष अं.३८ की पबित्रा लिम्बूको घँुडा,छाती र हातखुट्टामा चोट अवस्था मध्यम बोल्न सक्ने ।
३.ऐ.ऐ.बस्ने पबित्रा लिम्बूका छोरा बर्ष अं.१० का बिपसन लिम्बूको नाक काटिएको अवस्था मध्यम बोल्न सक्ने ।
४. इलाम सूर्योदय न.पा.वडा नं.१२ बस्ने बर्ष अं.७० की कमला ढकालको हातखुट्टामा चोट अवस्था मध्यम बोल्न सक्ने ।
५.ऐ.ऐ.बस्ने बर्ष अं.३० की प्रमिला कार्कीको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम बोल्न सक्ने ।
६.ऐ.ऐ. प्रमिला कार्कीका छोरा बर्ष अं.१ का बालक ( तत्काल नाम नखुलेको ) शरीरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
७.ऐ.ऐ.४ बस्ने बर्ष अं.१५ की खेसी याङ लिम्बूको खुट्टामा चोट अवस्था मध्यम बोल्न सक्ने ।

कारमा सवार घाइते;–
१ इलाम सूर्योदय न.पा.वडा नं.२ बस्ने बर्ष अं.३० का भिम पाण्डेको निधार र नाकमा चोट,अवस्था सामान्य।
२) इलाम सूर्योदय न.पा. वडा नं. २ बस्ने बर्ष ४५ का संजय दाहालको निधारमा चोट अबस्था सामान्य

प्रहरी चौकी फिक्कलमा जानकारी प्राप्त हुनसाथ ट्राफिकसहितको प्रहरी टोली खटिएर घाइतेहरुलाई उद्धार गरी श्रीनिधि अस्पताल र पार्वती पोलिक्लिनिक,फिक्कलमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल झापातर्फ पठाएको छ । दुबै सवारी साधन र कार चालक इलाम सूर्योदय वडा नं.२ बस्ने बर्ष अ. ४८ का दिनेश खड्का(मा.प.से गरेको ) लाई प्रहरी चौकी फिक्कलको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै