पशुपतिमा गाँजा बेचेको आरोपमा ५ जना पक्राउ

देश प्रदेश डेस्क 5156+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ ।

पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । गाँजाको विक्रीबारे अनुसन्धान गरिदिन भन्दै पशुपति क्षेत्र विकास कोषले ब्यूरोलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै