मुख्य समाचार
भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल |

झापाका वृद्धिराज न्यौपाने यौन तथा श्रम शोषणको आरोमा पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

झापा झापाका एक व्यक्ति  यौन तथा श्रम शोषणको आरोमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५४ वर्षीय वृद्धिराज न्यौपाने रहेकाे प्रहरीले जनाएकाे छ । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रिनकार्ड पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकाे उनीमाथि  आरोप छ । 

लामो समयको यातनापछि ती महिला भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल भएपिन  यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छन् ।

नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउगरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार उक्त घटनाका अभियुक्त न्यौपानेलाई काठमाडौं महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान थालिएको छ ।

अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाइ हुने र ग्रिनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पुर्‍याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएको अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ । 

सुरुमा उनले गत माघमा मौरिसस पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मौरिसस लेखिएको क्याप टोपी लगाउन लगाएर फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याएको खुल्न आएको छ ।

त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए ।  

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरूप खरिद गरी ल्याएको भनी दैनिक १७ /१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम  तथा यौन शोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् । 

त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालिएकाेमा न्यौपाने पक्राउ परेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार