मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

सरकार परिवर्तनका कारण त्रिवि सभा स्थगित( विज्ञप्ति सहित)

देश प्रदेश डेस्क 5481+ समाचार ( )
३० आषाढ २०८१, आइतबार

झापा राजनीतिक परिस्थिति बदलिएका कारण त्रिभुवन विश्वविद्यालयको सभा नै स्थगित भएको छ।

असार ३१ गते त्रिवि सभा बोलाइए पनि राजनीतिक परिस्थितिका कारण भन्दै स्थगित गरिएको हो।

गत शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत पाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पदमुक्त भएका थिए।

सोही दिन नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वानअनुसार नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

ओलीलाई आइतबार दिउँसोसम्म राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका छैनन्। आइतबार ओली प्रधानमन्त्री नियुक्त हुने र सोमबार बिहान ११ बजे शपथ गराउने तयारी छ।

त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ। राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेलसम्मका लागि दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए।

त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित भएको बताए। 

नयाँ प्रधानमन्त्री नियुक्तिपछि केही समयभित्रै त्रिवि सभा हुने गरी तयारी गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार