मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

झापामा विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

देश प्रदेश डेस्क 5228+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

झापा जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा  कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको स्ख्यामा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने बताए । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उनले उल्लेख गरे । २०७० सालमा संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिनका लागि कांग्रेस र एमालेले सरकार बनाएको स्मरण गराउँदै उनले भने, ‘त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर हामीले अग्रगामी संविधान बनायौं । अहिले त्यो संविधानलाई परिवर्तन गर्नका निमित्त फेरि प्रमुख दुई दलले सरकार बनाएका छन् ।’ प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा दुई दल मिलेको उनले दाबी गरे । सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको बताए । कांग्रेस एमाले २०४७ को संविधान उल्टाउन लागेको बताउँदै उनले सडक र सदनबाट सशक्त आन्दोलन गर्ने बताए । माओवादी कमजोर हुँदा जनताका अधिकार समेत कमजोर हुने बताउँदै उनले पार्टीलाई रुपान्तरण सहित सशक्त बनाउन आवश्यक भएको बताए ।
पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे ।

उनले टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बुलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिएको बताउँदै अन्य सबैलाई उचित जिम्मेवारी दिने बताए ।

प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, ,सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार