मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

राप्रपाले आज ११ बजे जनदबाब सभा गर्दै

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ११ बजेदेखि देशकाे वर्तमान परिस्थिलाई सहज बनाएर देश निकाशका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।

काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको देश तथा प्रदेश खारेजीकाे माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले मंसिर २३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय स्तरको जन-आन्दोलन सफल बनाउन देशभरिका नागरिकहरुलाई सार्वभौमिक स्तरमा सहभागी हुन आह्वान गरेका छन्। उनले आन्दोलनलाई केवल पार्टीको नभई समग्र राष्ट्र र जनताको साझा–मुद्दा भएको स्पष्ट पारेका छन्।

शाहीका अनुसार, मुलुक अहिलेको व्यवस्थाले जनचाहना पूरा गर्न सकेको छैन; त्यसैले संविधान संशोधन गरी राष्ट्रपतीयब्यवस्था हटाउने, राजसंस्था पुनःस्थापना गर्ने, प्रदेश संरचना खारेज गर्नेप्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको संघीय–गणतन्त्रको विकल्प खोज्ने निर्णायक कदम आवश्यक रहेको जनाएका छन्।

राप्रपाको प्रस्तावित एजेण्डामा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर-दलीय बनाउने, भ्रष्टाचार विरुद्ध जीवनपर्यन्त कारबाही, र राष्ट्रिय झण्डासहित एकता बनाएर सडक आन्दोलन गर्ने लक्ष्यसमेत छन्।

शाहीले सबै नागरिक, नागरिकसमूह, युवापुस्ता (जेनजेड) र अन्य हिन्दु–संस्कृतिक दल तथा संस्था-समुहतिर पौनी साझा सम्झौताकै आधारमा देशलाई नयाँ दिशातर्फ अघि बढाउन आग्रह गरेका छन्।

राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार