मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

करोडौंको लागूऔषध बेच्ने बिर्तामोडका खरेल अझै फरार

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

झापा केही हप्ता अघि  बिर्तामोडस्थित  औषधि व्यवसायी भानुभक्त खरेलको गोदामबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको थियो । बरामद गरिएको औषधिसहित त्यहाँ कार्यरत कर्मचारीलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेपनि प्रहरीले औषधि व्यवसायीको नाम समेत सार्वजनिक गरेको छैन । उनी हाल फरार छन् । उनको खोजी भइरहेको जनाए पनि प्रहरीले हालसम्म खरेललाई पक्राउ भने गरेको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुई तले घरको भुइँतलाको दुईवटा कोठामा भण्डारण गरेर राखेको औषधिजन्य प्रतिबन्धित लागूऔषध बरामद गरेको थियो ।

ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार आठसय, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन ट्रामाडेक्स एक हजार ८ सय ७० एम्पुल, ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डाइसाइक्लोमाइन एचसीएल ट्याब्लेट २० मिलीग्राम ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट १०० मिलीग्राम (जेनेग्रा एमटी रेड १००) आठ हजार ९ सय ट्याब्लेट, मिफेप्रिस्टोन ट्याब्लेटको कम्बिप्याक आई र मिसोप्रोस्पोल ट्याब्लेट (टर्मिपिल किटहरू) ७ वटा बरामद गरेको थियो ।

प्रहरीले लागूऔषधसहित खरेलले सञ्चालन गरेको सनलाइट फर्मामा कार्यरत कर्मचारी अर्जुनधारा–६ दासपुल निवासी २५ वर्षीय बिनोद घिमिरेलाई समेत पक्राउ गरेको थियो । प्रहरीले घिमिरेले प्रयोग गर्दै आएको १–०१–०१३ प ८९०४ नम्वरको मोटरसाइकल समेत बरामद गरेको थियो ।

झापाको बिर्तामोड र दमकबाट एकपछि अर्काे लागू औषध कारोवारमा सम्लग्न कारोवारी पक्राउ गरेसंगै उनीहरुको धन्दा सार्वजनिक भएको हो । औषधि व्यवसायको आडमा उनीहरुले गर्ने गरेको अबैध कारोवार सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित दिवाकर फर्माका सञ्चालक किरण राजवंशीलाई लागू औषध क्याप्सुलसहित पक्राउ गरेको छ  ।

प्रहरीका अनुसार बिर्तामोड–२ निवासी ३८ वर्षीय राजवंशीले सञ्चालन गरेको पसलबाट विशेष सूचनाको आधार प्रहरीले शनिवारसाँझ ५ बजे ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) र प्रिजेक्स–७५ लेखिएको ३० पत्ता (३०० क्याप्सुल) बरामद गरेको थियो ।

सो पसलमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।
यता पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार