मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

कांग्रेस सभापति देउवा र दुई महामन्त्रीबीच भेट हुँदै

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१ माघ २०८२, बुधवार

झापा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बुधबार भेट हुने भएको छ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको अवस्था र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा उनीहरूबीच भेट हुने सम्भावना रहेको एक नेताले बताए।

देउवा निकट एक नेताका अनुसार बिहान ८  बजे छलफल गर्ने गरी सभापतिले दुई महामन्त्रीलाई बोलाएका थिए। 'भेट अहिले बिहानै हुन सक्छ,' ती नेताले भने।

सोमबार प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरू देउवा निवासमै पुगेर दुई महामन्त्रीलाई भेटेरै कुरा गर्न सल्लाहा गरेका थिए। 

त्यतिबेलै देउवाले महामन्त्रीहरू आफूसँग रिसाएको र ब‍ोलाउँदा नआउने हुन कि भनेर शंका व्यक्त गरेका थिए। नेताहरूले सभापति स्वयंमले बोलाएपछि दुई महामन्त्री छलफलका लागि अवश्य आउनेछन् भनेर सम्झाएका थिए। 

संस्थापनले लचकता देखाएपछि महामन्त्रीहरू पनि लचक हुन सक्ने भनेर नेताहरूले सुझाव दिएपछि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सकारात्मक रूपमा लिएका थिए। 

छलफललाई निर्णायक बिन्दुमा पुर्‍याउनकै लागि मंगलबार तय भएको केन्द्रीय समिति बैठक पटक पटक सारेर बुधबार बिहानका लागि तय गरिएको छ। बैठक अझै सुरू भने भएको छैन।

उता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पनि मनोनयन कार्यक्रमको समय थप गरी बिहान सवा ८ देखि सवा ९ बजेसम्म कायम गरिएको छ। 

भृकुटीमण्डपको विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा अघि बढेपछि मंगलबार संस्थापन र शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग मंगलबार दिनभरजसो वार्ता गरेको थियो।

वार्ता चरणबद्ध बसे पनि बिनानिर्णय टुंगिएको थियो।

सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको 'बटमलाइन' मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए। यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निस्क्रिय हुनुपर्ने माग गरिएको थियो।

विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले 'सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ' भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए।

'सभापतिले राजीनामा दिएर सहमतिका आधारमा नयाँ नेतृत्व चुन्ने वा उहाँले आगामी चुनाव नलड्ने विकल्पबारे छलफल हुँदा यसको निर्णय त सभापतिबाटै आउनुपर्छ भन्ने कुरा भएपछि सहमति हुन सकेन,' ती नेताले भने।

वार्तामा विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्या‍न्वयन गर्नुपर्ने कुरा पनि उठेको थियो।

वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।

त्यस्तै, संस्थापनतर्फ देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार