मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

झापा काठमाडौंको बसुन्धराबाट पनि १ किलो सुन बरामद गरेको छ । ललितपुरमा छापा हानेर ५० लाख नगद, सुन र सुन गाल्ने मेसिन बरामद गरेको प्रहरीलेशुक्रबार ललितपुरको ताल्छिखेलमा छापा हानेर प्रहरीले ५० लाख र सुनसहित पाँच जनालाई पक्राउ गरको थियो । त्यसैको अनुसन्धानको क्रममा बसुन्धाराबाट थप १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बसुन्धराबाट १ किलो सुनसहित भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

ललितपुरबाट पक्राउ परेकाहरूलाई अनुसन्धान गर्ने क्रममा यो समूहले बसुन्धरामा पनि फ्ल्याट भाडामा लिएर सुनको अवैध कारोबार गरेको खुलेको थियो ।

शुक्रबार ललितपुरबाट भारतको महाराष्ट्र आडवारी थाना घर भई ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ परेका थिए । बसुन्धाराबाट अर्का युवक पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

यसअघि ललितपुरबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले गरेको थियो ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार