मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापामा ११ महिनामा ३१ हजार विदेशिए

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

झापा चालु आर्थिक बर्षको ११ महिनामा झापाबाट २५ हजार ७ सय ९१ जना पुरुष र ६ हजार ४४ जना महिला गरी ३१ हजार ८ सय ३५ जना विदेशिएका छन् ।आर्थिक बर्ष २०७९।०८० मा जिल्लाबाट श्रम स्वीकृती लिएर २७ हजार ६ सय १९ पुरुष र ५ हजार ९ सय ५१ जना महिला गरी ३३ हजार ५ सय ७० वैदेशिक रोजगारीमा गएको  सुरक्षीत आप्रवासन(सामी) परियाेजना झापाले जनाएकाे हाे ।

यही तथ्याङ्लाइ मध्यनजर गरी सामीले सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम अघि सारेको छ । वैदेशिक रोजगारीमा जाने र स्वदेश फर्किएपछि झन वेरोजगारी हुने क्रम बढेपछि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यत्तिहरुको सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम सुरु गरेकाे  जनाएकाे छ  ।
केही दिन अघि भद्रपुरमा सञ्जाल गठन गरेको सामीले सोमबार दमक नगर सञ्जाल गठन गरेको छ । दमक नगरभित्र रहेका १० वटा वडाबाट दुइजनाका दरले प्रतिनिधित्व हुनेगरी र पछि समितिको वैठकले एकजना सदस्य मनोनित गर्नेगरी ११ जनाको नगर सञ्जाल गठन गरिएको छ ।
गठित समितिको अध्यक्षमा विनोद ढकाल,उपाध्यक्षमा मनोहरी घिमिरे,सचिव राजकुमार वानियाँ ,सहसचिवमा रुद्र कुमार उप्रेती र सरस्वती शर्मा कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रेम ढकाल,भक्तबहादुर कटवाल,नन्दलाल पाण्डे, सनकुमार लिम्बु र सुर्यबहादुर राई रहेका छन् ।
 गठित समितिले नगर भित्र वैदेशिक रोजगारीका विषयमा विभिन्न प्रकारका सुचना तथा परामर्श गरी जनचेतना फैलाउने सामी परियोजना झापाका कार्यक्रम अधिकृत शेखर बुढाथोकीले बताए । समिति नभएका कारण देखिएका समस्या सम्बन्धीत  निकायमा पुर्याउन नसक्दा समाधान नहुने विषयलाइ ध्यानमा राखी अब समिति मार्फत वैदेशिक रोजगारका बारेमा जानकारी पाउन सजिलो भएको उनले जनाए ।
सामीको सहयोगी संस्था हेल्भेटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले वैदेशिक रोजगारको वर्तमान अवस्था,सवाल,समाधानका उपायहरु,सरोकारवाला निकाय जिम्मेवारी र नवीनतम जानकारीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
जिल्लाका नगरपालिकामध्ये भद्रपुर, दमक,मेचीनगर र गौरीगञ्ज गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको अधिकृत वुढाथोकीले जनाए । सञ्जाल गठनमा भद्रपुर र दमक सम्पन्न भइसकेको छ भने बाँकी दुइवटा पालिकामा क्रमशः गठन गर्ने उनले बताए ।
सामाजिक विकास समिति संयोजक शारदा भट्टराईको अध्यक्षता तथा नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत केशव प्रसाईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार