मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नेपाल भारत सीमामा दुई थाई नागरिकसहित चार पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

नेपाल– भारत सीमामा दुई थाई नागरिकसहित चारजना पक्राउ परेका छन् । झापा हुँदै नेपालबाट भारत प्रवेश गर्न खोज्दा उनीहरु पक्राउ परेको बताइएको छ । एसएसबी रानीडाँगा ४१औं बटालियन अन्तर्गत बीओपी मदनजोतका जवानहरूले शनिबार बिहान करिब ५ः३० बजे नेपाल–भारत सिमानासँगै भारतीय पिलर नम्बर ८८/०८ नजिक रतखोला क्षेत्रमा पक्राउ गरेका हुन् । यो क्षेत्र भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला अन्तर्गत नक्सलबारी थाना क्षेत्रमा पर्छ।

अभियानको क्रममा क्विक रिस्पोन्स टोलीले २ थाई नागरिक, एक नेपाली नागरिक र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने थाई महिलामा ४३ वर्षीया नुस्रा किंगवान र ३३ वर्षीया सावनी चलासाई रहेका छन् ।
सिमान्त क्षेत्रमा तेस्रो देशका नागरिकहरूको संदिग्ध गतिविधिबारे सतर्क रहेको भारतीय सुरक्षा एजेन्सीहरूले जनाएका छन् । यस क्रममा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले सिमाना क्षेत्रमा विशेष अभियान चलाउँदै दुई थाई नागरिकसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय सुरक्षा एजेन्सीहरूले ‘थाइ मसाज’ चलाउने दुवै महिलाहरु यौन व्यापार नेटवर्कसँग संलग्न हुन सक्छन्। जानकारी अनुसार उनीहरू अनधिकृत भौगोलिक मार्ग प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गर्दै थिए।

उनीहरुसंग एउटा कार, धेरै मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र अन्य पहिचान सम्बन्धी दस्तावेजहरू पनि बरामद गरिएको छ। सीमा क्षेत्रका बढ्दो अन्तर्राष्ट्रिय गतिविधि र मानव तस्करी जस्ता क्रियाकलापलाई ध्यानमा राख्दै सुरक्षा एजेन्सीहरूले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छन्। पक्राउ परेका सबैलाई कानुनी प्रक्रियाको लागि नक्सलबारी प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार