मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

गोरखाको साम्दोमा बीओपी स्थापना

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

झापा । गोरखाको साम्दोमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नेपाल चीनको सीमातर्फ चुमनुब्री गाउँपालिका-१ साम्दोमा आइतबार बीओपी स्थापना गरिएको हो ।

योसँगै चीनतर्फको बीओपीको संख्या १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २० गुल्म गोरखाको मातहत रहने गरी बीओपी स्थापना भएको सशस्त्रका सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । बीओपी जिल्ला सदरमुकामबाट १६४ किलोमिटर उत्तरतर्फ छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बीओपीले विपद्जन्य घटनाहरू हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरी निकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनीकरण गर्न सहयोग पुग्ने सशस्त्रले जनाएको छ ।

समुन्द्री सतहतबाट करिब ३ हजार ८७५ मिटरको उचाइ स्थापना भएको बीओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमाना रुइला नाका रहेको छ ।

यसअघि सशस्त्रले चीनतर्फ दार्चुलाको ति‌ंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।

हाल भारततर्फ २४४ र चीनतर्फ १० गरी बिओपीको संख्या २५४ वटा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार