मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेतले गरे आत्महत्या

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

 झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।

बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाकोजानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।

बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार