मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

पत्रकार महासंघले देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाए

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१८ चैत्र २०८१, सोमबार

झापा पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।
महासंघको केन्द्रीय समितिले सोमबार काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चतता गर्न माग गरेका छन्।
महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य, उपाध्यक्ष उमिद बाग्चन्द र महासचिव रामप्रसाद दाहालले सोमबार बिहान गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्। कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको महासचिव दाहालले जानकारी दिए।
घाइते पत्रकारहरूको उपचारका लागि समेत महासंघले ध्यानाकर्षण गराएको छ। महासंघले उक्त घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबारदेखि नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ।
जसअन्तर्गत पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार