मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बाँकेमा हलाेकाे मुङ्ग्राेले हिर्काएर छाेराले गरे बुबाकाे हत्या

देश प्रदेश डेस्क 5476+ समाचार ( )
साङ्केतिक तस्विर
२२ आषाढ २०८२, आइतबार

झापा / बाँकेमा जाेत्न प्रयाेग हुने हलाेकाे मुङ्ग्राेले हिर्काएर छाेराले बुबाकाे हत्या गरेका छन् ।

बैजनाथ गाउँपालिका -२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको हलाेमा भएकाे काठ प्रहार गरी हत्या गरेका हुन्। 

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले जोत्ने हलोको मुङ्ग्राेले पटक/पटक छोराले बुवाको टाउकोमा प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु  भएको बताइन् । यो घटना शनिबार बेलुकी साढे ७ बजेतिरको हो।

डिएसपी खनालका अनुसार बुवाले टिभी मात्रै हेरी बस्ने भन्दै छोरालाई सामान्य गाली गरेपछि बुवा छोराको बीचमा भनाभन भएको थियो।

‘कामकाज केही नगर्ने तर टिभी मात्रै हेरेर बस्ने भनेपछि छोरा र बुवाको बीचमा जबाफ सवाल भएको रहेछ,’ डिएसपी खनालले भनिन्, ‘त्यसपछि बाबु बाहिर निस्कन लाग्दा छोरा बाहिर निस्केर बुवाको टाउकोमा हलोको मुङ्ग्रो उठाएर पाँच/ छ पटक प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने बुझिएकाे छ र हत्या आरोपी व्यक्ति फरार रहेको हुँदा पक्राउपछि थप कुरा खुल्नेछ।

भूपेन्द्रका दाजुभाउजू घर नजिकै भिन्दै बस्दै आएका थिए। अविवाहित भूपेन्द्र दुई पटक सुधार गृहमा बसेका व्यक्ति हुन्। 

फरार व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको  प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार