मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
साङ्केतिक तस्वीर
१९ माघ २०८०, शुक्रबार

झापा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै  छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी  सार्वजनिक गरेको हो ।

निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निज तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरुबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ साथै २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ ।
उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी वैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि रु १८ लाख, माल्टाका लागि रु आठ लाख, पोल्याण्डका लागि रु सात लाख र क्रोशियाका लागि रु छ लाख ५० हजारका दरले ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । उनका अनुसार निजले  छ सयभन्दा बढी सर्वसाधारणबाट रु ५० हजारदेखि रु पाँच लाखसम्म रकम लिएको देखिएको छ ।
तामाङले ठगी गरेको रकमबाट रु चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा रु १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको रु १५ लाख ऋण तिरेको तथा रु ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार