मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

हात्तीको बंगारा लुकाएर राखेको अभियोगमा दुइ झापाली पक्राउ

देश प्रदेश डेस्क 5363+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

झापा हात्तीको बंगारा लुकाएर राखेको अवस्थामा अर्जुनधारा नगरपालिका–७ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हात्तीको बंगारा लुकाएर राखेको अभियोगमा विहीबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले अर्जुनधारा–७ स्थित जरुवा टोलका ४७ वर्षीय तिखबहादुर बिश्वकर्मा र सोहि ठाउँका ५० वर्षीय शावा लिम्बुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिश्वकर्माको घरकोठामा खान्तलासी गर्दा किराना पसलमा हात्तीको बंगारा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

उक्त वस्तु लिम्बुको घरबाट ल्याएर राखेको बिश्वकर्माले बताएको प्रहरीको भनाई छ ।

हात्तीको बंगारा जस्तो देखिने वस्तुको ७ इन्च लम्बाई, १२ इन्च गोलाई र १ केजी ७९० ग्राम
तौल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उक्त वस्तु र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार