मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

छात्रामाथि खुकुरी प्रहार
श्रेयाको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार , कर्ण झापा प्रहरीकाे नियन्त्रणमा

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा झापाकाे भद्रपुरमा एक छात्रले छात्रामाथि खुकुरी प्रहार गरेका छन् ।

भद्रपुरमा रहेकाे एसएस निकेतन कक्षा ११ मा अध्ययनरत भद्रपुर ९ शान्तिटाेलकी १७ वर्षिया श्रेया राइमाथि खुकुरी प्रहार भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार  छात्रा परिक्षा सकेर शुक्रबार पाैने ११ बजे  स्कुलबसबाट घर जादाँ घर नजिकै भद्रपुर ६ का  १८ वर्षिय छात्र अभिषेक कर्णले बाटाे छेकेर धारिलाे हतियार (दाउ) प्रहार गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

हतियार प्रहारबाट घाइते राइकाे टाउकाे,दुवै हातमा चाेट लागेकाे उनले बताए । घटनापछि भाग्दै गरेकाे अवस्थामा प्रहरी चाैकी घाेडामाराबाट खटिएकाे प्रहरीले हतियारसिहत नियन्त्रणमा लिएकाे उनले जनाए । घाइते राइलाइ तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा लगिएकाे र थप उपचारका लागि भद्रपुर स्थित ओम साई पाथीभरा अस्पतालमा  भइरहेको  उनले जानकारी दिए ।

घाइते राइकाे नसा  धेरै काटिएकाेले पहिलाे चरणमा नसा जाेडेर रगत जानबाट जाेगाइएकाे अस्पतालले जनाएकाे छ । शरिरमा रगत कम भएकाेले रगत दिएर पहिलेकै अवस्थामा ल्याएपछि मात्र शल्यक्रिया शुरू गरिने अस्पतालका प्रमुख प्रशासक दिप पाैडेलले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने कर्ण पनि साेही विद्दाालयमा  कक्षा १२ मा अध्ययनरत रहेकाे पाइएकाे  छ । उनिहरूबिच माया प्रेमकाे कारण हुनसक्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै