मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

अर्थमन्त्रीद्वारा करिव पाँच सय लालपुर्जा वितरण

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले रुपन्देहीमा करिव पाँच सय घरपरिवालाई लालपुर्जा वितरण गरेका छन् ।

पौडेलले कञ्चन गाउँपालिकाका –५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा  करिब ५ सय परिवारलाई एकसाथ लालपुर्जा वितरण गरेका हुन ।

लालपुर्जा वितरणमा मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए ।

काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने बताए ।

पौडेलले देशलाई समृद्ध बनाउँदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैले साथ दिनुपर्ने तथा समाजमा एकथरी मान्छेहरू नकारात्मक बिचार छर्न क्रियाशील रहेको भन्दै त्यस्ता सोच भएका व्यक्तिको पछि नलाग्न बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै