मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

अत्यधिक गर्मीका कारण देशका विभिन्न स्थानका विद्यालयमा बिदा, झापाकाे कमल गाउँपालिकाले पनि दियाे बिदा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा / अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ । तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो ।

झापाकाे कमल गाउँपालिकाले पनि गर्मीका कारण पठनपाठनमा समस्या भएपछि जेठ २८ र २९ गते गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई दुई दिन विदा दिइएको हो । गर्मीका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएकोले आउने विदाबाट कट्टा हुने गरी दुई दिन पठनपाठन स्थगित गर्न गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सबै विद्यालयहरुलाई सूचित गरेका छन् ।

कमल गाउँपालिकामा २१ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय रहेका छन् । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी दुई दिनका लागि पठनपाठन रोक्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । अत्यधिक गर्मीका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले पनि आफ्ना नगरभित्रका विद्यालयहरुलाई भोलि र पर्सी विदा दिएको छ । अन्य पालिकाहरुले पनि गर्मीका कारण विद्यालयहरुलाई विदा दिन लागेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार