मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

चन्द्रगढी खानेपानीकाे २९ लाख बचत

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

झापा   खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भद्रपुर–१० चन्द्रगढीको २९ लाख १६ हजार ४ सय ६० पैसा बचत रहेको जनाएको छ । समितिकाे  शुक्रबार सम्पन्न  २२ औं बार्षिक साधारण सभामा   समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गरेकाे प्रतिवेदनमा रकम सार्वजनिक गरिएकाे हाे ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेकाे प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०८०। ८१ मा सहयोग तथा अनुदानसहित २ करोड ११ लाख ८२ हजार २ सय ८७ रुपैयाँ १ पैसा आम्दानी र १ करोड ८२ लाख ६५ हजार ८ सय ८६ रुपैयाँ ४१ पैसा खर्च भई २९ लाख १६ हजार ४ सय ६० पैसा बचत रहेको जनाएको छ । त्यसैगरी चालु  आर्थिक बर्ष २०८१।८२ का लागि २ करोड ७६ लाख ४९ हजार २ सय २१ रुपैयाँ ६० पैसा आम्दानी र २ करोड ६३ लाख ३० हजार खर्च गरी १३ लाख १९ हजार २ सय २१ रुपैयाँ ६० पैसा बचत गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष अधिकारीकाे सभापतित्व तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

समितिका उपाध्यक्ष बाबुराम पराजुलीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा जुनीयर प्राविधिक नारायणप्रसाद निरौलालाइ ११ हजार १ सय ११ नगदसहित सम्मान गरिएको थियो ।
समितिका सचिव बावुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, खानेपानी डिभिजन प्रमुख झापाका विकास काफ्लेले मन्तव्य राखेका थिए ।

बन्द सत्रमा समितिका काेषाध्यक्ष खेमराज भट्टराइले  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन वहुमतले पारित गरेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै