मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

उपाधि हात पार्ने एफीएफ र चर्च ब्वाइज दुवैको दाबी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

झापा फागुन १९ गतेदेखि जारी छैटौं झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । 

बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवबीच प्रतिष्पर्धा हुँदैछ । 

फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने आज विर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दाबी गरेका छन् । 

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए । 

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । 

कन्फ्रेसमा झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेलले दिनुभएको थियो । 

 झापा गोल्ड कपको बिजेताले रु. १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु. ७ लाख पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही रु.२५ हजार बिधागत पुरस्कारको रुपमा पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार