मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

पहिचानवादीहरुले गरे आगजनी र तोडफोड

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

झापा, मंसिर १२ । मेची राजमार्ग अवरुद्ध पार्नेक्रममा पहिचानवादीहरुले आगजनी र तोडफोड गरेका छन् ।

शान्तिनगरको सुनमाईमा ना २ ख ९७२२ नं को मालवाहक ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका हुन् । तत्काल प्रहरी टोली आइपुगेकाले आगजनी गरेर बन्दकर्ताहरु भागेको र आगो निभाएको जनाइएको छ । त्यस्तै बन्दकर्ताहरुले मेची राजमार्गको झापा खण्डमा एउटा सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्कर्टिङ गरेर यातायातका साधनहरुलाई गन्तव्यतर्फ पुर्याएको थियो ।

दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरुको रिहाईका लागि दबाब दिन पहिचानवादीहरुले मेची राजमार्गमा चक्काजाम गरेका थिए । कोशी नामविरुद्व आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण दिनभर मेची राजमार्गमा यातायात ठप्प भएपछि अलपत्र परेका यात्रुलाई गन्तब्यमा लैजान प्रहरीले स्कर्टिङ गरेको थियोे ।

आइतवार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए । सात–आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । त्यसक्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार