प्रहरीले दिएकाे विवरण हनुसार शुक्रबार राति ८.१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक निरौला गम्भीर घाइते भएका थिए ।
घाइतेलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा
राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।