मुख्य समाचार
भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक | न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु |

ओमान गएकी मेचीनगरकी सञ्चिताको सकुशल उद्धार

देश प्रदेश डेस्क 5428+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

झापा झापा मेचीनगर–१५ ज्यामिरगढीकी २७ बर्षीया सञ्चिता राजवंशी ब्युटी पार्लरको काम गर्न ओमान देश गएकी थिइन् । त्यहाँ उनले भने अनुसारकै काम पाइन्, तर काम गर्ने ठाउँमा व्यवहार भने राम्रो पाइनन् । उनलाई त्यहाँ कुनै पनि महिलाबाट सहन नसक्ने प्रकृतिको दुर्व्यवहार सुरु भएपछि त्यो खबर परिवारबाट मेचीनगर–१५का वडाध्यक्ष गुणराज भट्टराईमार्फत झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा समक्ष पुग्यो । त्यस लगत्तै ओमानबाट राजवंशीलाई उद्धार गरेर नेपाल ल्याउने प्रक्रिया सुरु गरियो ।

शनिवार बिहान सञ्चिता काठमाडौँ आइ पुगेकी छन् । सांसद विश्वप्रकाश शर्माको पहल र सक्रियतामा सञ्चिता नेपाल आउन सफल भइन् । उनी आइतबार मेचीनगर–१५ ज्यामिरगाढीस्थीत आफ्नो घरमा आइपुग्ने बताइएको छ ।

प्राप्त जानकारी अनुसार सञ्चिताले आफूलाई तत्कालै नेपाल फर्काउन परिवारलाई आग्रह गरेपछि मङ्सिर ५ गते उनले ओमनमा भोग्नु परेको दुर्व्यवहारको घटना वडाध्यक्ष भट्टराईलाई परिवारका सदस्यहरूबाट जानकारी गराइएको थियो । वडाध्यक्षले तत्कालै त्यस विषयमा सांसद शर्मासँग कुराकानी गरेका थिए ।

आफ्नै क्षेत्रको नागरिक विदेशमा अप्ठ्यारो परिस्थितिमा भएको जानकारी पाउने बित्तिकै सांसद शर्माले सञ्चितालाई नेपाल ल्याउने प्रक्रियामा सक्रियता देखाए । उनले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक मदन दाहाल र ओमानस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराए ।

मङ्सिर ६ गते दूतावासका श्रम सहचारीद्वारा सञ्चिताको स्थितिको विवरण सङ्कलन गर्ने काम भयो । मङ्सिर ७ गते ओमान सरकारसँगको समन्वयमा सञ्चितालाई उद्धार गरेर नेपाली दूतावास ल्याइयो र नेपाल फर्काउन उनको सम्पूर्ण कागजात तयार गरियो । मङ्सिर ८ गते नेपाल फर्किने टिकटको प्रबन्ध गरेर मङ्सिर ८कै राति सञ्चितालाई कुवेत ट्रान्जिट हुँदै काठमाडौँ पठाइयो । मङ्सिर ९ गते सञ्चिता जजिरा एयरलाइन्समार्फत काठमाडौँ आइपुगिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार