मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

झापा आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ  । पर्व, दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार मात्रै सञ्चालनमा आउने भएका छन् ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगको सिफारिसका आधारमा बिदा दिने निर्णय गरिएको जनाएको छ ।

आज बिहीबार बकर इदको सार्वजनिक बिदा परेको छ भने शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नियमित सार्वजनिक बिदा हुनेछ ।

त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा बन्द रहनेछन् ।

अब सरकारी तथा सार्वजनिक सेवाहरू आगामी सोमबार जेठ १८ गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार