मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

भद्रपुरमा दुर्गा पूजा : रजत महोत्सवको तयारी सुरु

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

झापा बंगाली युवा क्लब भद्रपुरले श्री २५ औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउन लागेको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका दिनसम्म मनाउने रजत महोत्सवको तयारीलाई तीव्रता दिएको छ । 

क्लबले यस वर्ष २५ औं दुर्गा पूजा रजत महोत्सव भव्य रुपमा मनाउनका लागि निर्मल घोषको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरूप घोष, सचिवमा सागर मण्डल, सहसचिवमा राजा मण्डल र कोषाध्यक्षमा सुभम घोष रहेका छन् । 

त्यस्तै सदस्यहरूमा सञ्जय घोष, पार्थ मण्डल, तपन घोष, तापस घोष, सञ्जय आइच, मानस घोष, दीपक साफी, राजेश मण्डल, सञ्जय घोष (छोटु), सुरज सरकार, चेतन मण्डल, रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रमित घोष, किरण साह, विजय साह, सपन घोष, जयन्त घोष, पंकजकुमार घोष, अनुप सरकार, रञ्जित मण्डल र बाप्पी मण्डल रहेका छन् । आयोजक समितिले आइतबार बिहान बाँसको खुटी पूजा गर्दै पण्डाल र लाइटिङका काम सुरु गरिसकेको समितिका अध्यक्ष निर्मल घोषले जानकारी दिए । 

विगतमा भद्रपुर– ६ स्थित राधाकृष्ण मन्दिर परिसरमा मनाउँदै आएको दुर्गा पूजा यस पटक दुई स्थानमा मनाउने निर्णय भएको उनले बताए ।  ‘मन्दिर परिसरमा दुर्गा भगवानको विधिवत् रुपमा पूजा आराधना हुन्छ,’ उनले भने, ‘रजत महोत्सवको लागि मन्दिर देखि उत्तर पट्टीको खाली जमिनमा भव्य पण्डाल बनाएर दुर्गाको मूर्ति राखिन्छ, जहाँ भक्तजनहरू दर्शनका लागि जान्छन्  ।’

समितिले गत वर्षको हिसाब फर्छ्यौट गर्दै ६८ हजार १७५ रुपैयाँ बचत राखेको छ । यस वर्ष पूजा सम्पन्न गर्न ६ लाख रुपैयाँ भन्दा बढी रकम चाहिने समितिका कोषाध्यक्ष सुभम घोषले जानकारी दिए । पूजा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि भद्रपुर नगरपालिका, उद्योगी, व्यापारी, नागरिक समाज र समितिका सदस्यहरूबाट आर्थिक सहयोगको उपेक्षा गरिएको उनको भनाई छ । दुर्गा पूजा बंगाली समुदायको ठुलो चाडपर्व हो । त्यसैले यो समुदाय विगत २४ वर्षदेखि यसरी नै दुर्गा मनाउँदै आइरहेको समितिका उपाध्यक्ष अरूप घोषले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार