मुख्य समाचार
झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक | भ्रष्टाचारको कालो छायाँमा सांसद कुशवाहा: ४ वर्ष कैद र ३८ लाखभन्दा बढी जरिवाना | मे महिनामा पर्यटककाे उच्च आगमन |

झापाका प्रजिअ मार्फत दुग्ध किसानले बुझाए प्रधानमन्त्रीलाइ ज्ञापन

देश प्रदेश डेस्क 5162+ समाचार ( )
७ आषाढ २०८१, शुक्रबार

झापा नेपाली दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने ब्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।

महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलामार्फत ज्ञापनपत्र पठाएको हो ।

विभिन्न ११ सुत्रीय माग राखेर बुझाइएको ज्ञापन पत्रमा नेपाली किसानले उत्पादन गरेको सबै दुध खरीद गरी मिल्क होडिेको अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइदै आएको अनुदान कार्यक्रम पुनः सञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु विमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि वीमामा सरकारका तर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई वीमा वापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

नेपाललाई खोरेत रोगमुक्त देश घोषणा गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दुध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य ब्यवस्था गर्नुपर्ने, लम्पी स्किन रोगबाट पशुको क्षति ब्यहोराका किसानलाई तत्काल अनुदान दिइनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने ब्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।
सरकारले तत्काल संवोधन गर्नुपर्ने उक्त मागहरु पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी दिदै ज्ञापनपत्रमा किसानहरुको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।
दुग्ध उत्पादक किसानहरुको समस्या समाधान गरेर यस क्षेत्रलाई धरासायी बन्न नदिन प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा कृषि ऋण कटौती नगर्न पनि आग्रह गरिएको छ ।

नेपालमा कृषि पेशामा आबद्धमध्ये ८६ प्रतिशत पशुपालन क्षेत्रमा संलग्न रहेको, देशको अर्थतन्त्रमा लगभग ६ प्रतिशत योगदान दुग्धजन्य उत्पादनको रहेको, ३० लाख घरपरिवार प्रत्यक्ष-अप्रत्यक्ष रुपमा दुग्धजन्य उत्पादनमा रहको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै