मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

झापाको बुद्धशान्तिमा जंगली भाले हात्ती मृत फेला

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३, डाँडा गाउँमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

स्थानीय लालबहादुर रसाइलीको खेतमा उक्त हात्ती मृत अवस्थामा देखिएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, झापाबाट प्रहरी निरीक्षक गेहतनाथ तिम्सिनाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

घटनाबारे डिभिजन वन कार्यालय भद्रपुर, झापालाई समेत जानकारी गराइएको र वन कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म हात्तीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने सम्बन्धित निकायले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार