मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

ठुलाे परिणाममा गहना र नगदसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापा / सुर्खेतकाे वीरेन्द्रनगरमा ठुलाे परिणाममा गरगहना र नगदसहित एक जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका – १० घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ मा बस्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल –बालाजी) छन् । 

उनको साथबाट नेपाली रुपैंया दुई लाख १९ हजार पाँच सय, भारतीय रुपैंयाँ आठ लाख ११ हजार आठ सय र विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना एक सय ८५ थानको अनुमानित मूल्य ३ करोड बराबर बरामद भएको हो ।

सोमबार दिउँसो ४ बजेतिर वीरेन्द्रनगर – ६ तल्लो बजारस्थित ‘शिब इम्पोरियम’ नामक कपडा पसलबाट अग्रवाल पक्राउ परेका हुन्।

भारतीय रुपैंया र गरगहना धितो राखेर ब्याजमा नगद दिने कार्यमा संलग्न रहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।

उनको साथबाट प्रहरीले नगद रुपैंयाँ गणना गर्न प्रयोग हुने एउटा मेसिन पनि बरामद भएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार