मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

अर्जुनधारामा मोटरसाइकल रुखमा ठोक्किदा चालकको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

 झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको छ 

आज दिउँसो अन्दाजी ४बजे शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा रुखमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो । टाउकोमा र छातीमा चोट लागेर गम्भीर घाइते लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । चालकले मादक पदार्थ सेवन गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार