झापा । बाह्रदशीमा मृग मृत फेला परेको छ ।
झापा बाह्रदशी गाउँपालिका वडा न.४ मेचे टोलस्थित घाग्रा खोला छेउ
.बस्ने मदनकुमार न्यौपानेको टिकको बिरुवा रोपेको जग्गामा मृग मृत फेला
परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अन्दाजी २–३ दिन अगाडी मरेको हुनसक्ने मृत मृग स्थानीयले आज मध्यान्ह फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी फुलवारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जलथल सव डिभिजन वन कार्यालयबाट गएको टोलीले मुचुल्का गरी सोही स्थानमा खाल्डो खनेर सदगद गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।