मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

युवा संघका कार्यकर्ताद्वारा दुर्गा प्रसाईको कार्यक्रममा अवरोध, इलाममा मूर्ति प्रतिष्थापन गर्न दिएनन्

देश प्रदेश डेस्क 5481+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

झापा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् ।

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरुले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् । आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिष्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।

उनले सहयोगका लागि दुर्गा माताको दुईवटा मूर्ति निर्माण गरेका थिए । एउटा इलामको दानावरी र अर्को झापाको गौरादहका लागि । उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको छ । काठमाडौमा प्रसाईलाई मोसो दलेपछि युवा संघसंग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार