मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

पूर्व विद्यार्थी मञ्चद्धारा विद्यालयमा मूर्तिसहित सरस्वतीको मन्दीर निर्माण

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२१ माघ २०८१, सोमबार

झापा पूर्व  विद्यार्थी मञ्चको सकृयतामा झापाको एक विद्यालयमा अनुमानित साढे ६ लाख रुपैयाँको लागतमा विद्यालयमा मूर्तिसहित सरस्वतीको मन्दीर निर्माण गरेका छन् ।
मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढी स्थित ज्यामिरगढी माद्ययमिक विद्यालय परिसरमा मूर्तिसहित मन्दीर निर्माण गरेका हुन् ।
नवनिर्मित सरस्वती मन्दीरको सोमबार बसन्त पञ्चमी(सरस्वती पुजा)को अवसरमा  बिधिवत उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
पूर्व बिद्यार्थी मञ्च ज्यामिरगढीका अध्यक्ष डिग वहादुर वुढाथोकीको अध्यक्षतामा एवम विद्यार्थी रक्षा राजवंशीको प्रमुख आतिथ्य तथा मेचीनगर नगर शिक्षा प्रमुख  होमनाथ भण्डारी र वडाअध्यक्ष गुणराज  भट्टराईको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यकममा विद्यालयका प्रधानाध्यापक सन्तप्रसाद चम्लागाई ,पूर्व अध्यक्ष जयप्रसाद भेटवाल, पूर्व प्रधानाध्यापक भिमबहादुर खवास, वडाअध्यक्ष गुणराज भट्टराई, मेचीनगर नगर शिक्षा प्रमुख  होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव कुलप्रसाद शिवाकोटीले सञ्चालन तथा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व प्रधानाध्यापक मन्जु बस्नेत अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेकी थिइन् । 
विद्यालय परिवार, पूर्व विद्यार्थीहरु, अविभावक तथा स्थानीयबाट रकम सङ्कलन गरी निर्माण गरिएको निर्माण समितिका अध्यक्ष समेत रहेका मञ्चका अध्यक्ष डिगबहादुर वुढाथोकीले बताए । सरस्वतीको मूर्ति अविभावक नरप्रसाद पौडेलले निःशुल्क सहयोग गरेको उनले बताए । गतबर्ष फागुन २ गते सरस्वती पुजाकै दिन शिलान्यास गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार