मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |


फागुनदेखि वार कि पार हुने आन्दोलन गर्दैछौँ - राजेन्द्र लिङ्देन

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माघदेखि राप्रपाले गर्ने सडक आन्दोलनको मार्गचित्र खुलाएका छन् ।

३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमको समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने खुलाएका हुन् । देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने उनले बताए । 

अध्यक्ष लिङ्देनले अहिलेदेखिनै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि देखिनेगरी आन्दोलन गर्ने उल्लेख गरे । उनले भने,‘माघ महिनाभरि तयारी गर्छौँ, फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्छौँँ । देखिनेगरी ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छौँ । आन्दोलन विल्कुल शान्तिपूर्ण अहिंसात्मक रुपले जनदबाब सिर्जना गर्ने ढंगले हुनेछ । सरकारले दमन गर्‍यो भने त्यो भड्किन सक्छ, अहिले हामी त्यसको अनुमान गर्न सक्दैनौँ । हाम्रो तर्फबाट शान्तिपूर्ण हुनेछ ।’

उनले सो आन्दोलन नाममात्रको आन्दोलन नभई व्यापक किसिमको आन्दोलन हुने उल्लेख गरे । त्यो आन्दोलनले देशमा केही परिवर्तन नै ल्याउने अध्यक्ष लिङ्देनले उल्लेख गरे । 

उनले भने,‘अहिले देशको अवस्था कस्तो छ आमजनता र अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि बुझिराखेका छन् । देश अहिले जुन अवस्थामा छ त्यसमा पर्खने छुट हामीलाई छैन । देश निरन्तर रुपमा ओरालो लागिरहेको छ । त्यसलाई उठाउन कुनै प्रयत्न भइहरेको छैन । अर्को चुनाव ८४ भनिरहेका छन्, तर हामी त्यसलाई पर्खने अवस्थामा छैनौँ ।’

देशलाई नेतृत्व गर्ने ठूला दलहरुले नयाँ सम्झौतामा गएर देशलाई नयाँ बाटोमा लानुपर्नेमा झन देशहीत विपरीतका काम, भ्रष्ट क्रियाकलाप गरिरहेको अध्यक्ष लिङ्देनले आरोप लगाए । ठूला मानिएका दलहरुबाट देशलाई सुधार गर्ने काम नभइरहेको सन्दर्भमा देश बचाउने राप्रपाको कर्तव्य भएको बताउँदै उनले जनजीविकाका कुरा उठाउने, प्रणालीमा नमिलेका कुराहरु सुधार गर्दै लैजाने, राष्ट्रियतालाई माथि उठाउने विषयमा जनदबाब सिर्जना गर्दै राजनीतिक दलहरुलाई नयाँ सम्झौतामा आउन बाध्य पार्ने उल्लेख गरे । 

उनले भने,‘राजसंस्थाको कुरा गर्दा, हिन्दु राष्ट्रको कुरा गर्दा, संघीयताको विषयमा फरक दृष्टिकोण राख्दाखेरी देश पछाडि फर्काउँने कुरा गरेको होइन । हामीले पछाडि फर्कने भनेको पनि होइन, पुरानो व्यवस्थामा जाने भनेको पनि होइन तर अब यही व्यवस्थाले देश धान्दैन । अब हामी नयाँ सम्झौतामा जानुपर्‍यो, नयाँ सम्झौतामा जानुपर्‍यो ।’

अध्यक्ष लिङ्देनले अहिले गणतन्त्र ल्याएका भनिएका दल र राजा समेत बसेर नयाँ बाटो निर्धारण गर्नुपर्ने बताए । बृहत् र नवीन समझदारीबाट देशलाई अघि लानुपर्ने उल्लेख गरे । उनले जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, संवैधानिक रुपमा राजा रहने व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, केन्द्र र बलियो स्थानीय तह, प्रदेशको खारेजी, स्थानीय तहमा जनप्रतिनिधिको संख्या कटौती गर्नुपर्ने, विकृत राष्ट्रिय सभाको बारेमा सोच्नुपर्ने जस्ता विषयमा माग राखेर सडक संघर्षमा जाने उनले बताए । 

संवैधानिक निकायमा योग्यता क्षमताका आधारमा भन्दा दलीय भागवण्डामा हुने गरेको, न्यायाधीश दलको कोटाबाट जाने जस्ता विकृतिहरुको अन्त्य गर्न र व्यवस्थामा व्यापक परिवर्तनका लागि संघर्षमा जाने उनले उल्लेख गरे ।

राप्रपाले गरेको चियापान कार्यक्रममा सहभागी भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राप्रपाले आन्दोलनको कुरा गरेपनि त्यसको औचित्य नभएको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलन गर्न पाउने भएपनि राप्रपाले उठाएका कुराको सान्दर्भिकता नभएको मन्त्री श्रेष्ठले दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार