मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

झापा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ ।

‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा। भोजराज काफ्लेले भने । उनका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइने छ ।

मन्त्रालयका अनुसार कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उनले भने, ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ ।

जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटका १ शिक्षकको मृत्यु भएको छ ।

रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् । चाडबाडका कारण विद्यालय बन्द भएकाले धेरै मानवीय क्षति नभएको हो ।

सचिव डा। काफ्लेले भूकम्पबाट क्षति भएका विद्यालयमा तत्काल अस्थायी अध्ययन केन्द्र (टीएलसी) निर्माण गर्ने तयारी गरेको जानकारी दिए । कर्णाली प्रदेशले पूर्ण र आंशिक क्षति भएका विद्यालयमा टीएलसी निर्माण गर्ने तयारी गरिरहेको छ ।

मन्त्रालयले एक महिना लामो बिदापछि आजबाट विद्यालय खुल्दा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको आँकलन गरेको छ । भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार