मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नातामा दाजु पर्ने दुईजनाले गरे सुन्दरको हत्या, आज आरोपितलाई सार्वजनिक गरिदैँ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

सुन्दर किसानको नातामा दाजु पर्ने दुईजनालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानलाई प्रहरीले सार्वजनिक गर्न लागेको बताइएको छ । झड्केलोपट्टिका सन्तान रामजी र कुकरसिंहले पारिवारिक रिसिबीका कारण सुन्दरको हत्या गरेको कुरा अनुसन्धानबाट पत्ता लागेको मेचीनगर –८का वडाध्यक्ष गिरीराज धमलाले बताए । उनले केही वर्षअघि उनीहरुबीच विवाद भएको कुरा खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये ती दुईजनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडिएको छ ।
प्रहरीले बिहीवार घटनास्थलबाट रड भेटेको थियो । शुक्रवार सोही ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको थियो । सो सिक्कल पक्राउ पर्नेहरुको भएको पुष्टि भएको छ ।
किसानको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृतक किसानले मजदुरी गरेर परिवार पालिरहेका थिए । उनी गाउँमै ज्याला मजदुरी काम गर्थे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार