झापा बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जमा इलाेक्टाेनिक चुराेट ( भेप)२६ सय पिस फेला पारेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
भेरी ढुवानीको सेवाको रहेको उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप भेटिएको थियो । यसमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि स्याङ्जाको कालिगण्डी गाउँपालिका५ बस्ने रोजन न्यौपाने र बाँकेको नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार उनीहरूसँग बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । अनुसन्धान अधिकारीका अनुसार ३० लाख रुपैयाँ इलेक्ट्रिक बराबरको भेपको जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो। चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत महँगोमा बिक्री गर्ने उद्देश्यले ल्याएको अनुमान रहेको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।