मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सशस्त्र प्रहरी बल नेपाल नं.२ गणको १९ औं बार्षिक उत्सव सम्पन्न

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

झापा / सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्वा झापाले आफ्नो १९ औ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ।

झापाको भद्रपुर ८ मा रहेको उक्त गणमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर भव्य रुपमा मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल  नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले अमर प्रहरी स्मारकमा फुलगुच्छा चढाएर पानसमा बत्तीबाल्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै वार्षिक उत्सवको अवरमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रहरी कर्मचारी  उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको थियो । सोहि अवसरमा  अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसा पत्र तथा शहिद परिवारका सदस्यलाई सम्मान पनि गरिएको थियो।

प्रमुख अतिथी थापाले गणको १९ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कार्यरत सकल दर्जाका राष्ट्रसेवकहरुलाई बधाई तथा सुभकामना व्यक्त गर्नुका साथै राज्यद्वारा प्रदान गरिएको जिम्मेवारीलाई अझ प्रभावकारी रुपले कार्य सम्पादन गर्न निर्देशन समेत दिएका थिए ।

समारोहमा गणपति सशस्त्र प्रहरी उपरिक्षक अम्बिका प्रसाद जोशीले १९ औं वसन्त पार गरेकोमा खुशी ब्यक्त गर्दै आर्थिक वर्ष २०८२/०८३ मा मुल्य रु. ११ करोड ११ लाख ८७ हजार १० बराबरको अवैध सामान भन्सार दाखिला, ६६०.५४० ग्राम सुन बरामद, श्रोत नखुलेको विदेशी मुद्रा रु. २०,०००/- अमेरीकि डलर, भारतीय रकम रु. १३,५२,५१०/-, नेपाली रकम रु. १२,८७,१२०/- अवैध नोट बरामद, एक थान Air Pistol र १८ थान मेटल बुलेट बरामद, ५९८.६४ ग्राम ब्राउन सुगर तथा बिभिन्न ट्याबलेट ४७ वटा गरी १३३ जना ब्यक्ति सहित संलग्न १७५ वटा सवारी साधन आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाएको जानकारी गराएका थिए ।

साथै बिपद् उद्धार अन्तर्गत ६०५ जना बाढी पिडितको उद्धार, ४ जना मृतकको शव उद्धार, आगलागी नियन्त्रणमा २० पटक परिचालन भएको जानकारी गराउदै, आउँदै गरेको मनसुन लक्षित अस्थायी मनसुन प्रतिकार्य वेश कुञ्जिबारी स्थापना गरेको, १० पटक कृत्रिम अभ्यास तथा मेचीनगर नगरपालिका र ३ वटा गाउँपालिकामा १८ कार्यदिनको ९१ जना स्थानियलाई बिपद् स्वयम् सेवक तालिम सञ्चालन गराएको समेत बतएका थिए ।

कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, गाँउपालिका अध्यक्षहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु तथा उधोगब्यवसायी भद्रभलाद्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै