मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

प्रधानमन्त्री दाहालदे छलफलका लागि बोलाए कांग्रेसलाई

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

झापा ।  संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

सचिवालयका अनुसार सभापति देउवालाई अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएको छ।

संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ भने सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने पक्षमा छ। दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई विश्वासमा लिएर अघि बढ्न खोजेको उनको सचिवालयले जानकारी दियो।

‘गृहमन्त्रीले ममाथि आरोप लागेकाले त्यसबारे बोल्न पाऊँ भनेर सभामुखलाई निवेदन दिनुभएको छ। उहाँलाई बोल्नसमेत नदिनु लोकतान्त्रिक मर्यादा, मूल्यभित्र पर्दैन। उहाँले बोल्न पाउनुपर्‍यो। प्रमुख प्रतिपक्षी दलको मागका सन्दर्भमा सहमतिबाट निष्कर्षमा पुग्न सकिन्छ। आफ्नै अडानमा रहने हो भने त कसरी सहमति खोज्न सकिन्छ?,’ प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै