मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

झापामा १० वटा एफ.एम.बन्द

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

झापा कुनै बेला एफ.एम.रेडियोहरुको उर्वरभूमि रहेको झापामा १० वटा एफ.एम.बन्द भएका छन् ।

बजारले धान्नै नसक्ने गरी लहडमा खोलिएका एफ.एम. रेडियोहरु चल्न नसकेर धरासायी बन्दै गएका हुन् । एक समय झापामा २३ वटा एफ. एम. रेडियो खुलेका थिए । तर, अहिले १० वटा एफ.एम. बन्द छन् भने बाँकी १३ वटा एफ.एम. पनि मुश्किलले चलिरहेका छन् । साविक मेची अंचलमै पहिलो पटक २०५९ सालमा कंचनजंघा एफ.एम. खुलेको थियो । सोही कंचनजंघा एफ.एम. बन्द भएको तीन वर्ष भइसक्यो । त्यस्तै बिर्तामोडकै सनराइज एफ.एम. र आरम्भ एफ.एम. बन्द छन् । त्यस्तै चारआलीको ग्लोबल एफ.एम. , धुलावारीको रेडियो सरगम , काँकडभिट्टाको सिमाना एफ.एम. ,मेची ट्युन्स ,सुरुङ्गाको सन्देश एफ.एम., दमकको स्टार एफ.एम. र झापा एफ.एम.चल्न नसकेर बन्द रहेको व्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का कोशी प्रदेश अध्यक्ष गिरिराज भट्टराईले बताए ।

झापाको बिर्तामोडमा रेडियो भिजन , आँगन एफ.एम. ,रेडियो विराट, दमकमा सप्तरंगी एफ.एम., हिमशिखर एफ.एम.,पाथीभरा एफ.एम., किंग एफ.एम. , अर्जुनधारामा मेरो रेडियो , एवान एफ.एम., भद्रपुरमा नागरिक एफ.एम. ,मेचीनगरमा साथी एफ.एम. , मन्त्र एफ.एम. र गौरादहमा एफ.एम.प्लस संचालनमा रहेका छन् ।

बजार नहेरीकन एफ.एम. रेडियोहरुको लाइसेन्स वितरण गर्दा अहिलेको समस्या आएको प्रदेश अध्यक्ष भट्टराईले बताए । उनले एफ.एम.हरुको समाचार र कार्यक्रम कमजोर हुनु, अस्वस्थ प्रतिष्पर्धा गर्नु , प्रविधिअनुसार चल्न नसक्नुले पनि एफ.एम.हरुप्रति आकर्षण घट्दै गएको बताए । एफ.एम.हरु टिक्नका लागि अनलाइन, फेसबुक लाइभजस्ता माध्यमलाई सहयोगीको रुपमा अपनाउनु पर्ने उनको भनाई छ ।

त्यसो त कोरोना महामारी र आर्थिक मन्दीका कारण झापाका दुईतिहाई दैनिक पत्रिकाहरु पनि बन्द भएका छन् । झापामा अहिले चारवटा मात्र दैनिक पत्रिका संचालनमा छन् । अहिले बिर्तामोडबाट प्रतिदिन दैनिक , पूर्वाञ्चल दैनिक , इजलास दैनिक र दमकबाट पूर्व सन्देश दैनिकमात्र प्रकाशन भइरहेका छन् । मेचीनगरका जनसंसद दैनिक , लोकतन्त्र पोष्ट , बिर्तामोडका विवेचना दैनिक , मेची टाइम्स दैनिक , अर्जुनधारा दैनिक , बज्रपात दैनिक , तहल्का दैनिक , दमकका मासलाइन दैनिक , पिपुल्स टाइम्स दैनिक, झापा पोष्ट दैनिक , भद्रपुरका हिजो आज दैनिक , झापा एक्सप्रेस , मेची खबर दैनिक ,कान्तिपुर दैनिक बन्द छन् । तीमध्ये केही पत्रिका उहिले बन्द भएका हुन् भने केही बन्द भएको दुई–चार वर्ष मात्र भएको छ ।

त्यस्तै झापाका आधाजति साप्ताहिक पत्रिका पनि बन्द नै रहेको नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले बताए । छापा माध्यम र एफ.एम. बन्द भइरहँदा झापामा अनलाइन न्युज पोर्टल खोल्ने लहड चल्न थालेको छ । जिल्लामा अहिले चार दर्जनको हाराहारीमा अनलाइनहरु खोलिएका छन् । तर,व्यवसायिक रुपमा अनलाइनहरु पनि संचालन हुन गाह्रो परिरहेको महासंघका सचिव लामाको भनाई रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार