मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |
मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |


दमकमा भएकाे निरौलाको हत्यारालाई कारवाही गर्न प्रहरीलाई दबाब

देश प्रदेश डेस्क 5303+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

झापा झापा दमक–९ का देशु भनिने यामु निरौलाको हत्याका सम्बन्धमा तत्काल अनुसन्धान अघि बढाएर हत्यामा संलग्नहरुलाई कारवाही गर्न स्थानीय राजनीतिक दलका नेतृत्वहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अलग –अलग प्रेस विज्ञप्ति निकालेर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर नेतृत्वले घटनामा संलग्न दोषीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँच्न पाउने नागरिकको अधिकारको सुरक्षा गर्न माग गरिएको छ । त्यसैगरी नेकपा एमालेका दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्ति हत्या सर्वत्र निन्दनीय भएको उल्लेख गरेका छन् ।त्यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका तर्फबाट इञ्चार्ज बेदु गौतम र अध्यक्ष कुलबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रको व्यस्त स्थानमा नागरिकको हत्या हुनुले शान्ति सुरक्षाको दुरावस्था छर्लङग भएको उल्लेख गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर कमिटीका तर्फबाट अध्यक्ष हेम सुवेदीले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा घटनाको अबिलम्ब निष्पक्ष रुपले सत्य तथ्य छानबिन गरी पक्राउ गर्न र कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

हत्यामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ नगरेको र प्रहरीले पीडितको तर्फबाट पुरक जाहेरी लिन नमानेको भन्दै हिजो पनि मृतकका आफन्त र स्थानीयहरु भेला भई इलाका प्रहरी कार्यालय दमकको गेट अगाडि घेराउ गरेका थिए । “केपी चोर देश छोड, केपी तेरो पाराले दुःख पायो साराले, हत्यारालाई कार्बाही गर, प्रहरी प्रशासन मुर्दावाद“ जस्ता नारा लगाएका थिए ।

मृतक निरौलाका दाजु नवराज निरौलाले इलाका प्रहरी कार्यालय दमकको गेट अगाडि पत्रकार सम्मेलन गरेका थिए । उनले आफ्ना भाइलाई नियोजित रूपमा बोलाएर हत्या गरेको, सीसी टिभी फुटेजमा हत्या गरेको प्रष्ट देखिएपनि प्रहरीले हत्यारालाई पक्राउ गर्न तत्परता नदेखाएको, जाहेरी लिन प्रहरीले आनाकानी गरेको भन्दै हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा नल्याएसम्म शव नबुझ्ने बताएका छन् ।

गत मंगलबार दमक– ३ स्थित मावा पुलनजिकै दुई समूहबीच विवाद हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको मृत्यु भएको थियो । घटना भएको तीन दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन ।

निरौला परिवार , आफन्त र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएकामध्ये केही एमालेका जिम्मेवार कार्यकर्ता र नेताका नातागोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको आरोप छ ।

इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ६ जनाको नाममा पहिलो किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेका कारण प्रहरीमाथि नै शंका उत्पन्न गराएको थियो । प्रहरीले बुधबार साँझ ६ जना विरुद्धको जाहेरी दर्ता गरेपनि उनीहरुलाई पक्राउका लागि आवश्यक प्रक्रिया अघि नबढाएको मृतक निरौलाका नातेदार यज्ञराज निरौलाले बताए ।
 निरौलाका अनुसार बिहीवार दिउँसो थप एक जनाविरुद्ध सो ज्यान कसुरमा पुरक किटानी जाहेरी दर्ता भएको छ । घटनाको केहीबेरअघि मात्रै सो स्थानमा देखिएका व्यक्तिमाथि बिहीवार किटानी जाहेरी परेको हो । यससँगै सो कर्तव्य ज्यान कसुरसम्बन्धी किटानी जाहेरी परेकाहरुको संख्या ७ पुगेको छ ।
यसअघि बुधबार परेको पहिलो किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरुमध्ये सीसी फुटेजबाट समेत कुटपिटमा संलग्नको पहिचान भएकाे जनाइएकाे छ ।

दमकबाट मधुमल्ला जाने मुल सडक छेउमा करिब ८/१० जनाको समूहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडी भागमा चार–पाँच पटक मुक्काले हानेको दृश्य सीसी फुटेजमा देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार