मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

जिल्ला र प्रादेशिक अस्पतालहरूको ओपीडी सेवा बुधबारदेखि साँझ ५ बजेसम्म

देश प्रदेश डेस्क 5482+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

झापा अस्पतालबाट प्रवाह गर्ने सेवाको गुणस्तर सुधार गर्ने र बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालको ओपीडी सेवा दुई चरणमा सञ्चालन हुने भएको छ । प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूको ओपीडी सेवा दुई चरणमा सञ्चालन हुने भएको हो । सेवा बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।

 प्रदेशको सबै सरकारी अस्पतालहरूमा बिहान ९ देखि ३ बजेसम्म ओपीडी टिकट काट्ने व्यवस्था मिलाएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बहिरङ्ग सेवा बिहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ देखि ५ बजेसम्म अर्को सिफ्ट सञ्चालन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले निर्देशन दिएका छन् ।

सोही अनुसार स्वास्थ्य मन्त्रालयले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कटारी अस्पताल उदयपुरलाई मंगलबार वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले पत्राचार गरेका छन् ।

यसअघि सरकारी अस्पतालहरूमा १ बजेसम्म मात्रै ओपीडि सेवा सुरु हुने गरेको थियो । त्यसपछि ओपीड सेवा बन्द हुने र १ बजेपछि आउने बिरामीले निजी हस्पिटलमा चर्को शुल्क तिरेर बिरामीले स्वास्थ्य उपचार गराउनुपर्ने बाध्यता रहेको थियो । प्रदेश भित्रका बिरामीहरूले गुणस्तरीय स्वास्थ्य उपचार पाउने उद्देश्यले दुई सिफ्टमा ओपीडि सेवा सुरु गरिएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बताए । ‘प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूको ओपीडी सेवा अब ५ बजेसम्म सञ्चालन हुनेछ । कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित हुने छैन,’ मन्त्री राईले भने, ‘प्रदेशभित्रका सबै सरकारी अस्पतालहरूमा अब पाँच बजेसम्म ओपीडि सेवा पाउनेछन् ।’ यसलाई कडाइको साथ कार्यान्वयनमा लैजान निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार