मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कम्पनी रजिस्ट्रार कार्यालयदुवारा तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

झापा तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर कार्यालयले सूचना प्रकाशित गरेर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

कार्यालयका निमित्त रजिस्ट्रार सोमराज बरालले सर्वोच्च अदालतले कार्यालयको नयाँ सफ्टवेयर कार्यान्वयन तत्काल रोक्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेकाले अदालतबाट भएको आदेश कार्यान्वयन गर्न अटोमेसन सेवा बन्द गरिएको जानकारी दिए । तत्कालका लागि अनलाइन सेवा बन्द गरिए पनि भौतिक रूपमा उपस्थित भएर कम्पनी दर्ताको काम भने नियमित रूपमा भइरहेको उनले जानकारी दिए । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको ‘कम्पनी एड्मिनिस्ट्रेसन म्यानेजमेन्ट इनफरमेसन सिस्टम’ विरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ता अमितकुमार कर्णलगायतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयसहित कम्पनी रजिष्ट्रारविरुद्ध मुद्दा दायर गरेका थिए ।

कम्पनी दर्ता तथा नवीकरणलगायत सेयर लगत राख्ने जस्ता सेवाहरू अनलाइन प्रणालीबाटै उपलब्ध गराउन कार्यालयले हाल चालु रहेका कम्पनीका सञ्चालकको डिजिटल हस्ताक्षर अनिवार्य गरेको थियो । पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीका सञ्चालकको डिजिटल हस्ताक्षर अनिवार्य गरिएको छ । अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न÷नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाको काम ठप्प भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार