मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

दलहरुद्धारा आचारसंहिता पालना गर्ने संयुक्त प्रतिवद्धता

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१३ माघ २०८२, सोमबार

झापा आसन्न निर्वाचनमा उम्मेदवार लगायत राजनीतिक दलले आ–आफनो स्थानबाट आचारसंहिता पालना गर्ने संयुक्त प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन व्यवस्थापन समितिको आयोजनामा सोमबार झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजनीतिक दलसँग गरेको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।
झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले आयोगबाट आएको परिपत्र अनुसार रहेर भयरहित,स्वच्छ,पारदर्शी र शान्तीपूर्वक निर्वाचनमा भाग लिन अनुरोध गरेका थिए । कानूनभन्दा वाहिर रहेर कुनैपनि कृयाकलाप नगर्न र नगराउनु हुन उनले अनुरोध गरे । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार– प्रसार गर्न पाउने मिति तय भएकोले चुनावी सभा गर्दा प्रहरी प्रशासनलाइ २४ घण्टा अघिनै जानकारी गराइ अनुमती लिन उनले जनाए । प्रचार– प्रसारका क्रममा उम्मेदवारले असुरक्षीत महशुस भएको जानकारी गराएमा सुरक्षाको पूर्ण प्रवन्ध मिलाइने उनले बताए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सवै क्षेत्रमा शान्ती सुरक्षा व्यवस्था मिलाइने र कुनै आपराधिक कृयाकलाप गरेको शंका भएमा तत्काल सुरक्षा निकायलाइ जानकारी गराउन अनुरोध गरे । हालसम्म निर्वाचनको तयारीका बारेमा जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले प्रष्ट पारेका थिए ।
उम्मेदवार ,राजनीतिक दलका प्रमुख तथा उम्मेदवारका प्रतिनिधिको जिज्ञासालाइ मुख्य निर्वाचन अधिकृत लुइटेल, प्रजिअ गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले सुझाएका थिए ।
निर्वाचन आचारसंहिता तथा सुरक्षा सम्बन्धमा गरिएको छलफलको सहजीकरण क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईले  गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार