मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सताक्षीधामको शिवलिङ्गबाट तिलक हटाइयो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

झापा अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की दिनेलाई सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले कार्वाहीको माग गरेको छ ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र सचिव कालिप्रसाद रिजालले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक संजाल प्रयोग गरी ज्यान मार्ने धम्की दिने जो कोहीलाई कानुनी कार्वाही गर्न माग गरेका हुन् ।

उनीहरुले सताक्षीधाममा शिवमहापुराण जस्तो पवित्र धार्मिक कार्यक्रम संचालन भइरहेको अबस्थामा कोही कसैसंग चित्त नबुझे सम्बन्धित ठाउँमा आएर वार्ताद्वारा समस्या समाधान गर्न सकिने बाटो हुँदाहुँदै सामाजिक संजालमा गुरुहरुलाई अनर्गल गालीगलौज गर्नु र ज्यान मार्नेसमेतको धम्की दिनु खेदजनक भएको उल्लेख गरेका छन् ।

त्यस्तै गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले एक प्रेस विज्ञप्ति जारी गरी यज्ञका आचार्यलाई आएको धम्की, चारैतिरको दवाव र तिलककै कारण समाज विखण्डन हुन्छ भने समाज किन विखण्डन हुन दिने भन्ने धारणाले शिवलिङ्गबाट तिलक हटाएको जनाएका छन् । उनले यस कार्यबाट आफूलाई दुःख लागेको बताउँदै आगामी दिनमा हुने गौसेवा तथा हिन्दुराष्ट्र कायमको अभियानमा कसरी सहकार्य गर्ने भन्नेमा चिन्ता उत्पन्न गराएको बताएका छन् ।

सामाजिक सञ्जालमा नारायण सिग्देलले बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की दिएका हुन् । सताक्षीधाममा गोलोक गोवर्धन गौशालाले दशौँ वार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा विवाद भएको बताइएको छ ।

सामाजिक सञ्जालमै सीताराम तिम्सिनाले पनि धार्मिक गुरुहरूको नाम जोडेर सताक्षीधाममा आयोजना भइरहेको गौरक्षा महोत्सव भाँड्ने प्रयास गरेका छन्। उनले पनि शिवलिङ्गमा लगाइएको चन्दनको विषयलाई विवाद झिकेर सामाजिक सञ्जालमा विष बमन गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार