मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

सुनसरीमा प्रहरीमाथि आक्रमण गर्दै पेस्तोल र गोली लुटे

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार बिहानका राति आक्रमण भएको हो।

घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ। घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। 

उक्त एरियामा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो। परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइयो। ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो। त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने,‘आक्रमणकारीको समूह ठूलो थियो। प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन।’ उनका अनुसार आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार बनेको हो। 

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए। आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको जानकारी उनले दिए। 

घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षक ९इन्सपेक्टर०को नेतृत्वमा टोली परिचालन गरिएको थियो। अपराधिक गिरोहको खोजीका लागि इन्सपेक्टरहरु जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको हो। 

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ। पेस्तोल भने अहिलेसम्म फेला परेको छैन। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार