मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मुख्यमन्त्रीद्धारा कलवलगुुरीमा साढे ४ करोडको तालिम भवन उद्घाटन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ आषाढ २०८३, बिहीबार

झापा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाको नवनिर्मित तालिम भवनको उद्घाटन गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साढे ४ करोडको लागतमा निर्माण गरिएको दुईतले भवन बिहीबार उद्घाटन गरेका  हुन् ।
 भवन उद्घाटन गर्दै मुख्यंमन्त्री कार्कीले तालिम केन्द्रहरु मध्येको आधुनिक तालिम केन्द्रका रुपमा परिणत गर्ने गरी आवश्यक पूर्वाधार योजना बनाउन निर्देशन  दिएका छन् । तत्काल भावी योजनाका बारेमा मन्त्रालयमा फायल पेश गर्न उनले जानकारी गराएका थिए । योजनाका लागि बजेटमा कुनै कमि नहुने उनले सुनाए । प्रतिष्ठानमा रहेको करिब ४७ विगाह जमिनमा केही विगाह मेची प्रादेशिक अस्पतालको मेडिकल कलेजका लागि पनि सोच्न सकिने उनले बताए । प्रशिक्षणमा आवश्यक कर्मचारी  थप गरेर कार्य अघि बढाउन सुझाव दिएका थिए ।

नवनिर्मित भवन र प्रतिष्ठानको इतिहास कार्यपत्र मार्फत  प्रतिष्ठानका कार्यकारी निर्देशक नारायणप्रसाद रिसालले जानकारी गराएका थिए । उनले मछिन्द्र राज जेभी भद्रपुरले २०८० जेठ २४ मा ४ करोड ७२ लाख २६ हजार ३ सय रुपैयाँमा २०८१ कात्तिक १५मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता  भएको थियो । बजेट प्रदेश सरकार र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत उपलब्ध भएको थियो । समयमा कम्पनीले निर्माण सम्पन्न नगरेपछि प्रथम पटक ०८२ असार मसान्त र ०८२ कात्तिक २० सम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो ।
दुईतले भवनमा ठुला, मझौला र साना गरी १० वटा कोठा रहेका छन् । भवन निर्माणको वास्तविक लागत भने ४ करोड ४८ लाख ५४ हजार ६ सय ४८ रुपैैयाँ ३७ पैसामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानले सेवाकालीन तथा सेवा प्रवेश तालिममा १४ सय २७ जना, जनप्रतिनिधि,कर्मचारी र अन्यगरी १३ हजार २ सय १९ जनाले तालिम लिएको उल्लेख छ ।

यो क्षेत्रलाइ वि.सं २०१९ सालमा पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र हुदै २०२८ सालमा स्थानीय विकास प्रशिक्षण केन्द्र,२०५५सालमा गा्रमीण विकास प्रशिक्षण केन्द्र ,२०७७ सालमा प्रदेश प्रशिक्षण केन्द्र ,२०७९ सालमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र आगामी २०८४ सालमा प्रदेशको एक उत्कृष्ट सिकाई तथा नवपबर्धन केन्द्र बनाउने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रदेश सचिव राजेश्वर ज्ञावली, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रदेश साँसद छवि चुडाल लगायतले यो क्षेत्रलाइ सदुपयोग गर्न जोड दिएका थिए । कार्यक्रमकाे सहजीकरण प्रतिष्ठानका निर्देशक चुडामणि लुइटेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार