मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नेपाल सरकारका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

झापा / गैरआवासीय नेपालीहरूले नेपाल सरकारका निकायले चिन्न सक्ने नागरिकता दिन माग गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनीहरूले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपाल सरकारका निकायहरूले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरे ।
गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिइएको उनीहरूको गुनासो छ ।
छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिक मात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै गैरआवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन् ।
त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अव कानुन बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार