मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

गृहमन्त्री गुरुङकाे कोशी भ्रमणः साेमबार झापा भ्रमण

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२१ आषाढ २०८३, आइतबार

झापा / कोशी प्रदेशको आकस्मिक (सरप्राइज) निरीक्षणमा रहेका गृहमन्त्री सुधन गुरुङ आइतबार साँझ झापा प्रवेस गरेका छन्।

स्थानीय सुरक्षा निकायलाई समेत पूर्वसूचना नदिई शुक्रबार साँझ कोशी आइपुगेका गृहमन्त्री गुरुङ मोरङ र धनकुटाको अनुगमन सकेर आजै साँझ झापा प्रवेस गरेका हुन्।

गृहमन्त्री निकट उच्च स्रोतका अनुसार, सोमबार बिहान उनी झापाकाे सुरक्षा स्थिति, सीमा क्षेत्रको वस्तुस्थिति तथा सरकारी कार्यालयहरूको आकस्मिक निरीक्षण गर्ने कार्यतालिका तय भएको जानकारी प्राप्त भएकाेछ। झापा खुला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र भन्सार छलीका दृष्टिले संवेदनशील मानिएकाले गृहमन्त्री आफैँ स्थलगत ब्रिफिङ लिन झापा आइपुगेका हुन् ।
तस्करी र राजस्व चुहावट रोक्न विशेष चासो
झापा भ्रमणका क्रममा गृहमन्त्री गुरुङले नेपाल–भारत सीमा नाकाहरू, भन्सार कार्यालय र सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बीओपी) हरूको 'छड्के' निरीक्षण गर्ने स्रोतले जनाएको छ। "गृह प्रशासन सुधार र सीमा सुरक्षालाई कडा बनाउने मन्त्रीज्यूको मुख्य उद्देश्य हो," स्रोतले भन्यो, "झापाका मुख्य नाकाहरूबाट हुने तस्करी र भन्सार छली रोक्न उहाँले त्यहाँका सुरक्षा प्रमुखहरूलाई कडा निर्देशन दिने तयारी छ।"
सुरक्षा निकायमा 'सरप्राइज' तरंग
यसअघि शनिबार दिनभर विराटनगरमा रहेका गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय र एकीकृत जाँचचौकी (आईसीपी) को आकस्मिक अनुगमन गरेका थिए । आइतबार धनकुटा र धरानको निरीक्षण सकेका उनी आइतबार साँझ झापा आएपछि झापाका सुरक्षा निकाय र जिल्ला प्रशासनका अधिकारीहरू उच्च सतर्कताका साथ आन्तरिक तयारीमा जुटेका छन्।
आगामी आर्थिक वर्षदेखि सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउने र सुरक्षाकर्मीको भौतिक पूर्वाधार सुधार गर्ने घोषणा गरेका गृहमन्त्रीको यो झापा भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार